२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

फिल्म सुपरहिट भएपछि पुजा शर्माको मुस्कान

चैत २७, काठमाडौं : नेपाली चलचित्रकी नायिका पूजा शर्मा २९ बर्षमा प्रवेश गरेकी छिन् । उनको वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो ।

पूजाले आफ्नो करिअरको सुरुवात चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेकी हुन् तर फिल्म ‘प्रेमगीत’बाट भने उनको करिअर चम्कियो । पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो ।

योसँगै उनको झनै चुलियो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् । पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ ।

सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दा माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् ।विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय

नायक आकाश श्रेष्ठसँगको सम्बन्धका कारण पनि चर्चामा छिन् ।तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।
पछिल्लो समय पुजाले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । उनले ब्यवसायी यु द्ध बाँनियाको प्रेममा छन् ।

सामाजिक संजालमा नयाँ तस्बिर सार्वाजनिक गरेकी छन् ।पछिल्लो समय म यस्तो गीत गाउछु फिल्मको प्रमोसनमा निकै रोएकी पुजा पछिल्लो पटक फिल्म हिट भएपछि भने हालै भने मन्द मुस्कानमा देखिएकी छन् । तस्बिरमा उनी निकै सुन्दर देखिएकी छन् ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।