२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

साउथ सुपर स्टार यश यसरी बने “रक्की भाई”

चैत २०, काठमाडौं : साउथका सुपरस्टार रक्की भाई अर्थात् यश पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘केजीएफः च्याप्टर–२’का कारण चर्चामा छन् ।

केही दिन अगाडि मात्रै पाँच वटा भाषामा रिलिज गरिएको फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । अहिले रक्की भाईका फ्यानहरु यो फिल्मको रिलिजको ब्यग्र प्रतिक्षामा छन् । ‘केजीएफः च्याप्टर वान’बाट इन्डिया स्टार बनेका यशले यो

विन्दूमा आइपुग्न निकै मिहिनेत र संघर्ष गरेका थिए ।
रिपोर्टका अनुसार बाल्यकालमा नै अभिनयको भूत चडेका यश अभिनेता बन्ने सपना पूरा गर्नका लागि खल्तीमा ३ सय रुपैयाँ लिएर घरबाट भागेका थिए ।

नाटक र नृत्य प्रतियोगिताहरूमा भाग लिन्थे

सुपरस्टार यशले एक अन्तर्वार्तामा आफ्नो संघर्षका दिनहरूबारे खुलेर कुरा गरेका थिए । ‘द न्यूज मिनेट’सँगको कुराकानीमा उनले भनेका थिए, ‘मेरो बुबा बीएमटीसीमा बस चालक थिए । उहाँले मलाई सरकारी अधिकारी बनाउन चाहनुहुन्थ्यो । तर, मैले नाटक र नृत्य प्रतियोगितामा भाग लिने गर्दथे । त्यो बेला बज्ने सिट्टीले आफूमा हुर्केका कलाकारलाई उर्जा दियो ।’

बाल्यकालदेखि नै अभिनेता बन्ने रहर

यशलाई बाल्यकालदेखि नै अभिनेता बन्ने रहर थियो । नाटक र नृत्यमा धेरै भाग लिन्थे । उनलाई दर्शकले हर्षोल्लासका साथ ताली बजाएको र सिट्टी बजाएको देख्न मन पथ्र्यो । जब दर्शकले त्यसो गर्थे उनलाई आफू अभिनेता भएको महसुस हुन्थ्यो ।

अन्तर्वार्ताका क्रममा यशले आफू घरबाट भागेर हिरो बन्न बैंगलोर पुगेको बताएका थिए । त्यतिबेला उनको खल्तीमा जम्मा ३ सय रुपैयाँ थियो । बैंगलोर पुगेपछि उनी नर्भस भए, तर उनले सोचे कि यदि उनी फर्किए भने उनको परिवारका सदस्यले उनलाई फिर्ता पठाउने छैनन् ।

बैंगलोरमा उनले थिएटरको साथ साथै ब्याकस्टेजमा पनि काम गर्न थाले । यससँगै उनले फिल्ममा आउने प्रयास पनि गर्न थाले । यशले सन् २००८ मा कन्नड फिल्म ‘मोगिना मनसु’बाट फिल्मी दुनियाँमा डेब्यू गरेका थिए । यसका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर अवार्ड पनि पाएका थिए ।

त्यसपछि उनको थप लोकप्रियता ‘राजधानी’, ‘गजकेसरी’, ‘मास्टरपिस’ जस्ता फिल्मबाट बढ्यो । उनको फिल्म ‘केजीएफः च्याप्टर वान’ ले बक्स अफिसमा तहल्का मच्चायो । यो फिल्मले दक्षिण भारतमा मात्र नभई हिन्दी बेल्टमा पनि धेरै कमाइ गरेको थियो ।

यशको बहुप्रतिक्षित फिल्म ‘केजीएफः च्याप्टर २’ अप्रिल २०२२ बाट दर्शकमाझ रिलिजमा आउने भएको छ । यो फिल्ममा बलिउडका मुन्ना भाई अर्थात् सञ्जय दत्त नकारात्मक भूमिकामा देखिनेछन् ।

उनको क्यारेक्टरको नाम अधिरा हो । यसका साथै फिल्ममा रविना टण्डन मुख्य भूमिकामा छन् । फिल्मको बजेट करिब १०० करोड रहेको बताइएको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार