२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

“आरआरआर” अस्वीकार गर्ने बलिउड अभिनेत्रीहरु !

चैत २०, काठमाडौं : निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो फिल्मले पहिलो सातामा नै ७ सय करोड बढीको बक्सअफिस कलेक्शन इतिहास रचेको छ ।

यो फिल्ममा साउथका सुपरस्टार जुनियर एनटीआर, राम चरण, आलिया भट्ट र अजय देवगनलगायत कलाकारहरुले दमदार अभिनय गरेका छन् ।.निर्माण टिमले कास्टिङका क्रममा धेरै अभिनेत्रीहरुसँग सम्पर्क गरेतापनि विविध कारण उनीहरु ‘आरआरआर’ फिल्मको हिस्सा बन्न सकेनन् ।

‘आरआरआर’मा आलिया भट्ट र ओलिभिया मोरिसको पनि मुख्य भूमिका छ । उनीहरु दुवैको भूमिकाका लागि धेरै अभिनेत्रीलाई अप्रोच गरिएको थियो तर, उनीहरुले प्रस्ताव अस्वीकार गरेका थिए ।

श्रद्धा कपूर

‘आरआरआर’को टिमले अभिनेत्री श्रद्धा कपूरलाई जुनियर एनटीआरको अपोजिट रोल अफर गरेको थियो तर, व्यस्तताका कारण श्रद्धा कपूरले अस्वीकार गरेकी थिइन् ।

इसाबेस कैफ

त्यस्तै ओलिभिया मोरिसको भूमिकाका लागि अभिनेत्री क्याटरिना कैफकी बहिनी इसाबेस कैफलाई अप्रोच गरिएको थियो तर उनले पनि उक्त भूमिका अस्वीकार गरेकी थिइन् । इन्डिया टुडेका अनुसार इसाबेलले फिल्मको स्क्रिप्ट र डिटेल्स मागेकी थिइन्, जसका कारण पनि यो विषय टुंगोमा पुग्न नसकेको बताइएको छ ।

परिणीति चोपडा

निर्माण टिमले फिल्ममा सीताको भूमिकाका लागि आलिया भट्टको स्थानमा अर्की परिणीति चोपडालाई लिने विचार गरिएको थियो । तर, २०१९ मा एक रिपोर्टमा परिणीतिले भनेकी थिइन्, ‘म तपाईहरुलाई यति मात्र भन्न चाहन्छु कि तपाईहरु पर्खनुहोस् र प्रतिक्षा गर्नुहोस् ।’

एमी ज्याक्शन

‘आरआरआर’का निर्माताहरूले एमी ज्याक्सनलाई जुनियर एनटीआरको अपोजिटमा कास्ट गर्ने विचार गरिसकेका थिए । उनीहरुले अभिनेत्री एमीसँग सम्पर्क गरेका थिए । तर, एमी ज्याक्शन गर्भवती भएकै कारण ‘आरआरआर’को हिस्सा बन्न सकिनन् ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार