
माघ १०, काठमाडौं : अभिनेता दिपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको समर्थन गर्दैै सामाजिक सञ्जाल फेसबुकमा लेखेको
स्टाटसमा उल्टै बालेनले प्रश्न गरेका छन् । गिरीले राजनीतिक दलहरुलाई वर्षौंसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा ५ वर्ष कुरौं भनेर लेखेका छन् हामीले कांग्रेस, एमाले र
माओवादीलाई वर्षौ विश्वास गर्यो, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।
प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, बालेनहरु भनेको कतिजना हो ?
बालेन जस्तै अरु पनि छन् ? छन भने किन ५ वर्ष कुर्नु ?
पछिल्लो समय सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका कारणले पनि बालेन विवादमा पर्ने गरेका छन् ।