२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

गायिका ज्योति मगर भन्छिन – लब यु मेयर साब, कीप फाइटिङ, कीप ब्याटल !

माघ ८, काठमाडौ : सामाजिक सञ्जालमा यति बेला मेयर बालेन र निर्देशक विशाल भण्डारी बिच जुहारी चल्दो छ । निर्देशक भण्डारीले बालेनलाई मेन्सन गर्दै रक्षक नै

भक्षक भन्ने तस्बिर राखी अब बनाउन तर्फ लागौँ भत्काउन तर्फ हैन भने पछि दुई बिच जुहारी चलेको हो । उनको उक्त तस्बिरमा कमेन्ट गर्दै मेयर शाहले तिम्रो सो पैसाको भोट्ले जितिन्छ ।

तिमि पैसा कमाउन आएको हौ र जीवनमा पैसा बाहेक अरू केही नदेखेको साथै बिकाऊ मान्छेलाई उत्तर दिन जरुरी नठानेको भनेर लेखेका छन् । बिशाललको उक्त तस्बिरमा कतिले सकारात्मक कमेन्ट गरेका छन् भने केहीले नकारात्मक ।

विशाललाई समर्थन गर्दै केही सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न गर्न पाउनु हरेक नागरिक को अधिकार हो भन्दै बालेन माथि नै खनिएका छन् । प्रश्नमा आएको कमेन्टलाई विशालले मध्य नजर गर्दै बालेनलाई उत्तरमा श्री ८ सर्कारको दर्जा पनि दिएका छन् ।

गायिका जोति मगर भन्छिन-

मेयर साहेब को पनि फेसबूक मा जुहारी खेल्दा खेल्दै दिन बित्ने भो बरै, नेपाल हो केटा हो कहाँ जन प्रतिनिधि बाट काम को अपेक्षा गर्या कुरा सुन्ने हो कुरा तर मलाइ मेयर साब को कुरा लास्टै मीठो लाग्छ । लब यु मेयर साब, कीप फाइटिङ, कीप ब्याटल अन सोसल मिडिया ।

भण्डारीले अर्को स्टाटसमा भत्काउनुबाहेक के बनाउनुभयो भनेर प्रश्न सोधेको लेखेका छन् । त्यसमा पनि बालेनले कमेन्ट गरेका छन्, प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? भन्दै उनले लेखेका हुन् ।

२०७९ माघ ८, आईतवार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।