२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नायिका साम्राज्ञीलाई हेर्न महोेत्सवमा भीड, हलमा छैनन् दर्शक !

माघ ३, काठमाडौ : शुक्रबारदेखि रिलिज भएको फिल्म ‘तिम्रो मेरो साथ’को इनिसियल व्यापारले एउटा कुरा के पुष्टी भयो भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम अब ‘ए मेरो हजुर २’ चल्दाको जस्तो छैन ।

उनले, इनिसियल रुपमा पनि दर्शकलाई हलसम्म तान्ने खुबी राख्न सक्दिनन् । १८ लाखसम्म पारिश्रमिक लिने साम्राज्ञीको नाममा एउटा शोज पनि हाउसफूल हुन नसक्नु दुखको कुरा हो ।

खैर, हलमा दर्शक सुनसान भएपनि साम्राज्ञीलाई हेर्न प्रमोशनका क्रममा भने दर्शकको राम्रै उपस्थिती देखियो । फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि चितवन महोत्सव पुग्दा उनको नाममा दर्शकको राम्रै हुटिङ भयो ।

मोसफलमा दर्शकले नायिकाप्रति देखाएको उत्साहले पनि निर्देशक तथा निर्माता रमेश एम के पौडेल फिल्म चल्नेमा ढुक्क थिए । तर, महोत्सव र सडकमा देखिएको भीड हलमा कही कतै देखिएन । मोफसलमा त अझै फिल्मको व्यापर दयनीय नै छ ।

साम्राज्ञी आफू अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको समयमा आज चितवन महोत्सवमा फिल्म ‘ह्यारी कि प्यारी’को प्रमोशन गर्न पुगेकी छिन् ।

यो फिल्मको मोफसल टूर आजैबाट सुरु भएको हो । डाक्टर कपिल रिजालको निर्देशनमा तयार फिल्ममा साम्राज्ञीसँगै जितु नेपाल र बिजय बरालको मुख्य भूमिका छ । मेरो फिल्म मा खबर छ ।

२०७९ माघ ३, मंगलवार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।