२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

ठेकी बनाउने पेसा सङ्कटमा !

चैत १०, काठमाडौं : परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको

भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।
संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् ।

धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गदै आएका टेम्के मैयुङ गाउँपालिका– ८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए ।

विश्वकर्माले भने, ’यो हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । मेहनत धेरै गर्नु पर्छ । मेहनत अनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन्। यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो।’

-यो खबर आजको राजधानी दैनिकमा छ ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।