२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

महानायक राजेश हमाल र श्रीमती मधु भट्टराई नेवारी पहिरनमा !

माघ ८, काठमाडौ : महा नायक राजेश हमाल जुन समुदायको बाहुल्यता रहेको क्षेत्रमा पुग्छन्, त्यहाँ उनी त्यस समुदायको भाषा, संस्कृति तथा भेषभुषामा आफूलाई ढाल्ने गर्छन् ।

मधेश झर्दा धोती, गम्छा र कुर्था लगाउँछन् अनि हिमाली र पहाडी क्षेत्र पुग्दा शेर्पा पहिरनमा ठाटिन्छन् । र, त्यहीँको भाषा बोल्ने प्रयास गर्छन् । सजिलै घुलमिल हुनसक्ने यही विशेषताले नै हमाल हरेक समुदायका प्रिय पात्र बनेका छन् ।

शनिबार भक्तपुरको प्रसिद्ध दुई पोखरीमा भएको ‘चौंथो एपिक नेपाल अवार्ड’मा हमाल नेवारी पहिरनमा उपस्थित भए । उनीसँगै श्रीमती मधु भट्टराई पनि नेवारी पहिरनमा सजिएर अवार्ड कार्यक्रममा पुगेकी थिइन् ।

हमाललाई नेवारी परिहनमा देख्दा त्यहाँका स्थानीयहरुको अनुहारमा खुसीको चमक देखिएको थियो । उक्त कार्यक्रममा उनलाई हेर्नकै लागि विशाल भीड ओर्लिएको थियो ।

सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ को संयुक्त सहकार्यमा भएको अवार्ड कार्यक्रममा हमाललाई एक लाख एक हजार एक सय एघार राशीको ‘महानायक’ सम्मान समेत प्रदान गरियो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई सम्मान प्रदान गरेका हुन् । उक्त अवसरमा अध्यक्ष ओलीले हमालको प्रशंसा समेत गर्न भ्याए ।

विभिन्न संघ-संस्थाहरुले हमाललाई ‘महानायक’ उपाधिबाट सम्मान गर्दै आएको भए पनि बेला बखतमा यो उपाधिलाई लिएर विवाद हुने भएको छ ।

त्यसबेला फिल्म क्षेत्र र दर्शक नै दुई कित्तामा विभाजित हुने गरेका छन् । तर, उनलाई ‘महानायक’ मान्नेको जमात ठूलो छ । र, हमालले पनि यस उपाधिको सम्मान ग्रहण गर्दै आएकाले उनले आफूलाई ‘महानायक’ स्वीकार गरेको स्पष्ट देखिन्छ ।

२०७९ माघ ८, आईतवार प्रकाशित 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।