२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

गृहमन्त्री लामिछाने भन्नुहुन्छ – निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु ।

पुस १२, काठमाण्डाै : नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ब-लात्का-रपछि ह-त्या गरिएकी कञ्चनपुरकी बालिका निर्म-ला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने

प्रतिबद्धता जनाउनुभएकाे छ । आज साेमवार श-पथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा नि-र्मला पन्तकाे न्या-यका लागि अधिकतम पहल गर्ने बताउनुभएकाे हाे ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनु:सन्धान भइरहे पनि केही प्रगति हुन सकेकाे छैन ।

उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएकाे बताउँदै आफूलाई यही मन्त्रालय राेजेकाे प्रतिक्रिया दिनुभयाे । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयकाे बारेमा सबैभन्दा धेरै गुनासाे आउने गरेकाे उहाँले सुनाउनुभयाे ।

आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयाे । मन्त्रिपरिषदमा पनि प्रतिपक्षकाे भूमिका नि-र्वाह गर्ने लामिछानेले उल्लेख गर्नुभयाे ।

मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिब-द्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्याे विषयमा अनु:सन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

२०७९ पुष १२, मंगलवार प्रकाशित 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।