२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

रवि लामिछाने गृहमन्त्री बनेपछि प्रहरीमा हलचल बढ्यो !

पुस ११, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ ।

गैरराजनीतिक नयाँ मान्छे गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने कौ-तुहला देखिएको छ ।

लामिछाने तीन वर्षअघि प्रहरीबाटै थुनि-एका थिए । त्यतीबेला सर्वेन्द्र खनाल आइजिपी थिए । चितवनका तत्कालिन एसपी दानबहादुर मल्लले उनलाई थुनामा राखेका थिए ।

आफुवि-रुद्ध प्रहरीले सुनियोजित रुपमा आ’ त्मह’ त्या दु’ रुत्साहन मु-द्दा दायर गरिएको उनको आ-रोप थियो ।
अहिले उनै प्रहरीलाई कमा-ण्ड गर्ने ठाउँमा पुगेका छन् ।

राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टा-चारवि-रुद्ध चर्काे आवाज उठाएका थिए ।

अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ ।
गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्, गृहका एक अधिकारी भन्छन् ।

उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ । राजनीतिक हस्त-क्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

२०७९ पुष ११, सोमबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।