२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

रञ्जिता श्रेष्ठ चौधरी भन्छिन – सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् ।

पुस ३, काठमाडौ : नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घ-टना राजनीतिक प्रकृतिको रहेकाले यसका आरो-पीहरुलाई मु-क्त गर्ने आश्वासन

यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गु-नासो गर्नुभएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा कैलाली क्षेत्र नं १ बाट विजयी उहाँले भन्नुभयो हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत

टीकापुर घ-ट्नाका आरो-पितहरु नि-र्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवम् मौखिक प्रतिबद्धता गरे पनि का-र्यान्वयन भने गरेनन् ।
अध्यक्ष चौधरीले उहाँहरु नि-र्दोष हुँदाहुँदै पनि जे’ल जीवन बिताउन बा-ध्य हुनुपरेको दाबी गर्नुभयो ।

नेता तथा मन्त्रीहरुले यो राजनीतिक प्रकृतिको घ-टना हो, त्यसैले उहाँहरु रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उहाँको गुनासो थियो ।

उहाँले भन्नुभयो यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ ।

माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेकाले राजनीतिक क्षेत्रमा यसको पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष चौधरीको यो भनाइ आएको हो ।

अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा २०७७ साल फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा २०७८ साल जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री

लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान सङ्घर्ष समितिका प्रमुख रुक्मिणि चौधरीसहितको टोलीबीच टीकापुर घट-नाका आरो-पीहरुलाई रि-हा गर्ने विषयमा लिखित सम्झौता भएको थियो ।

आफूहरुले चुनावअघि पनि यस क्षेत्रका सबै दलका नेताहरुसहित प्रधानमन्त्रीलाई भेटेर टीकापुर घ-टना राजनीतिक घट-ना भएकाले निर्दो-षलाई न्याय दिन आग्रह गरेको अध्यक्ष चौधरीले बताउनुभयो । रेशमलगायतकाको रिहाइको पहलमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको उहाँले बताउनुभयो ।

बोल्ने बेलामा सबै नेताहरुले रेशमसहित जेलमा रहेकाहरु निर्दो-ष छन् भन्ने गरेका तर पनि उनीहरुलाई न्याय दिने काममा भने कोही पनि अग्र-सर नभएको देखिएको उहाँको गुनासो छ ।
उहाँको जिज्ञासा थियो यसपटक पनि सरकारले न्याय दिन्छु भनेको छ

सरकारले अध्यादेश जारी गरेको हामीले सुनेका छौँ, पहिलेजस्तै आश्वासन मात्र हो कि वास्तवमै सरकारले न्याय दिन्छ हेरौँ । उहाँले आफू र आफ्नो पार्टीले अरु केही नमागेर निर्दो-षहरुलाई जेलबाट रिहाइ मात्र मागेको बताउनुुहुन्छ । नागरिकले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उहाँको भनाइ छ । आफ्नो चुनाव प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दो-ष रहेको र यसका लागि आवश्यक परे आफूहरुले आन्दोलन पनि सुरु गर्ने बताएका उहाँले सुनाउनुभयो ।

चौधरीले भन्नुभयो कैलालीका नागरिकले अन्यायका वि-रुद्धमा मतदान गर्नुभएको छ, सबैले रेशमलाल चौधरीसहित जेलमा रहनुभएका निर्दोष युवाको रिहाइका लागि जनमत प्रकट गर्नुभएको छ । मत माग्दै जाँदा मलाई लाग्छ सबैको चासो पनि यही थियो । उहाँहरुले यो अन्यायका विरु-द्धमा मत प्रक-ट गरेर मतमार्फत् रेशमलगायतका बन्दीहरुको रिहाइको अपिल गर्नुभएको छ ।

उहाँले अघिल्लो चुनावमा पनि नागरिकले रेशमजीलाई न्याय गरेको प्रशङ्ग उल्लेख गर्नुभयो । तर पनि उहाँलाई जे-लमुक्त गरिएन र यसका कारण कैलालीको यो क्षेत्र पाँच वर्ष नै जनप्रतिनिधिविहीन भयो । रेशमलाई जस्तै नागरिकले आफूलाई पनि न्याय दिएको उहाँको भनाइ छ ।

यहाँका सबै नागरिक रेशमलाल चौधरीसहितका ब-न्दी जीवन बिताइरहेकाहरु नि-र्दोष हुन् भनेर आवाज उठाएको र मत माग्दै जाँदा सबैले रेशमको रिहाइको अपिल गरेको उहाँले सुनाउनुभयो । अघिल्लो चुनावमा पनि नागरिकले रेशम जीलाई न्याय गरेका उहाँको अनुभव छ ।

उहाँ भन्नुहुन्छ यहाँका नागरिकले रेशमजीलाई मत दिएर जिताएकै हुन् । नागरिकले रेशम चौधरीलाई सांसद विजयी गराउनुको अर्थ उहाँ निर्दोष हो रिहाइ गर्नुपर्छ भन्ने होइन र ? तर पनि सरकारले गरेको छैन ।

आफूले चुनावका क्रममा मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उहाँको अनुभव छ । धेरै माया र उत्साह आफूलाई मतदाताले दिएको उहाँले बताउनुभयो । सबैको चाहना परिवर्तन र न्याय चाहिन्छ भन्ने रहेको तथा यहाँका नागरिकले आफूलाई मत दिनु भनेकै न्याय र परिवर्तनका लागि हो भनेर बुझेको उहाँले बताउनुभयो ।

२०७९ पुष २, शनिबार प्रकाशित 1 Minute 66 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।