२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

जापान पठाइदिने भन्दै ३ वर्षसम्म कुराउने म्यानपावर कारबाहीमा !

मंसिर २५, काठमाण्डौ : वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भन्दै तीन वर्षसम्म कुराउने एक म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले कारबाही थालेको छ ।

पासपोर्ट र पैसा बुझेर तीन वर्षसम्म पनि नपठाएको भन्दै विभागमा आएको उजु-रीका आधारमा काठमाण्डौको डिल्लीबजारमा रहेको सूर्य कर्पो-रेशन प्रालीलाई विभागले कारबाही गरेको हो ।

यस्तै त्यो म्यानपावरले जापानसहित क्यानडा, अमेरिका लगायत देशमा पठाइदिने भन्दै संकलन गरेका ८० थानभन्दा बढी पासपोर्ट र अन्य कागजात बरा-मद गरेको विभागले जनाएको छ ।

गएको शुक्रबार अनुगमनको क्रममा त्यस म्यानपावर कम्पनीमा उपस्थित कर्मचारीलाई समेत प्रहरीको जिम्मा लगाइ आवश्यक कारबाही थालिएको विभागबाट जारी सूचनामा उल्लेख छ ।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।