
मंसिर २०, काठमाडौं : करिब ५ बर्ष देखि अलपत्र रहेको भरतपुर महानगर स्थित कचपचे चोक देखि धर्मचोक हुदै बेलचोक सम्मको सडक काम अहिले तिब्र गतिमा चलेको छ।
रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न फिल्डमै उत्रिएका थिए। लामिछाने आएर ठेकदारलाई छिटो काम सक्न सचेत गराएपछि अहिले तिब्र गतिमा काम सुरु भएको छ।
सभापति लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई आफ्नै मुखबाट माइकमा बोल्न लगाएर आइतबारदेखि नै काम गराउने प्रतिवद्धता गराएपछि धमाधम काम सुरु भएको हो।
यो मंसिर भित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाई भएको हो अब हुँदैन’–थपलियाले भने । यो सडकको काम सम्पन्न नहुदा स्थानीयबासि आक्रोसित बनेका थिए। उनीहरु पटक पटक आन्दोलन गरेर मेयर सम्म पुग्दा पनि उक्त सडकको काम हुन् सकेन।
लामिछानेले ठेकदार कम्पनिलाई केहि सहयोग चाहिने भए आफुले गर्ने पनि बताएका छन्।त्यस्तै भरतपुर महानगरपालिकाकि मेयर रेणु दहालले भने ठेकदारलाई काम सक्न बारम्बार आग्रहगर्दा पनि ठेकदारले वेवास्था गरेको बताएकी थिइन्।
महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत सुरु गरिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने भए पनि कोरोना महामारीका कारण सरकारले नै ठेकेदारलाई २०७७ पुस मसान्तसम्म म्याद थप गरेको थियो ।
तर पनि ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा सडकको मर्मत कार्य कहिले सकिने हो भन्ने अझै अन्यौल छाएको छ ।
पोखरा –नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।
आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् ।
अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।
त्यसै गरी म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेश्रो र सान्त्वना सम्म सबै पुरस्कार राशी बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने
गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिला,े दोस्रो र तेश्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
त्यसै गरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतियले ७५ हजार र सान्त्वना हुनेले १५ हजार गरिएको छ ।
म्याराथन अन्तर्गतनै हुने १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितिय हुनेले नगद २० र तृतियले १५ हजार प्राप्त गर्नेछन् । कार्यक्रम अन्तर्गत नै विद्यालयस्तरिय छात्र-छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ ।