२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

सभापति लामिछाने हर्क साम्पङकै लयमा !

मंसिर १७, काठमाडौ : राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्वसञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लयतिर लम्किएका छन्।

स्वतन्त्र उम्मेदवारी दिँदै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हर्क साम्पाङको पानी अभियान जस्तै आफ्ना निर्वाचन क्षेत्रमा लामिछाने सक्रिय देखिएका हुन्।

चितवनमा रहेका लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै त्यहाँका जनताका स–साना समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कोशिश गरेका छन्। रामनगरबासीको पानीको समस्या समाधान गर्ने वाचादेखि चारकोसे झाँडी सरसफाईसम्ममा लामिछाने सहभागी भइरहेका छन्।

चितवन क्षेत्र नम्बर २ बाट संसद चुनिए संगै रवी लामिछाने जनताको काममा उत्रिएका हुन् । चितवनको रामनगर , जुगेडी , देभघाट क्षेत्रमा खानेपानीको समस्या छ भनेर स्थानीयले गुनासो गरेपछि रवी लामिछानेले ४७ बर्ष पुरानो खानेपानीको

मुहानलाई फेरी मर्मत गरेर उक्त पानि वितरण गर्ने योजना बनाएका छन्। भरतपुरको जुगेडी पुल भन्दा केहि माथि बनमा उक्त पानीको मूहानमा ट्यांकी २८ बर्ष अगाडी बाढीले बगाएर थुनिएको छ ।

सोहि मुहानमा नयाँ पाईप कनेक्सन गरेर जनताको घर घरमा वितरण गर्ने रवी लामिछानेले बताएका छन्। आजनै उनले आप्टारी र रामनगरको बिचमा रहेको खानेपानीको ट्यांकी पनि सफा गरेका छन्।

थप हेर्नुहोस भिडियो मा । साम्पाङ पनि चुनाव जीत्नासाथ धरानमा पानीको समस्या समाधानका लागि आफैं श्रमदानमा सक्रिय भएका थिए। त्यति मात्र नभएर मुख्य दलका नेतालाई समेत आफूले पानी ल्याउन गरेको श्रममा सहभागी

गराउन साम्पाङ सफल भएका थिए। उनको अभियानमा हातेमालो गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान त पुगे नै साम्पाङको प्रशंशा गरी फर्किए। साम्पाङको सोही शैलीलाई अहिले लामिछानेले पछ्याएका छन्।

२०७९ मंसिर १७, शनिबार प्रकाशित 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।