
मंसिर १६, काठमाडौं : चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छा-नबिन सुरू भएको छ।
जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि प्रहरी परिसर काठमाडौंले अनु-सन्धान सुरू गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छा-नबिन सुरू भएको बताएका छन्।
लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालयमा उजु-री परेको थियो। विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खा-रेज हुने प्राव-धान छ।
लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनुपर्नेमा त्यो नगरेको भन्दै उजु-री परेको थियो।
रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनावसमेत लडेको भन्दै निर्वाचन आयोगमा पनि उजु-री परेको थियो।
आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन। त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा उजु-री परेपछि छानबिन गरेर त्रु=टी देखिए कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो।