२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मन्त्री चौधरी भन्नुहुन्छ – चार-पाँच तल्ले घर ठडाएर भाडामा लगाउने सुकुम्बासीलाई कारबाही गर्छौं ।

मंसिर १५, काठमाडौं : सहरी विकासमन्त्री मेटमणि चौधरीले सुकुम्बासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन्। उनले तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न लागिपरेका छौं। त्यसका लागि सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको र त्यसपश्चात उनीहरूको बर्गीकरण गरिने मन्त्री चौधरीले बताए।

साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ। उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौं।

अपार्टमेन्टमा नअटे हामीले नै भाडा तिरेर अन्यत्र राख्छौं, काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने।
उनले सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्ने बताए।

सुकुम्बासी बस्तीमा घर ठडाएर भाडा असुल्ने गरेको कुरा पनि हामीकहाँ आएको छ। त्यस्ता सुकुम्बासी छन् भने त्यसको पहिचान गरेर कानुनी कारबाही गर्छौं, मन्त्री चौधरीले भने। उनले केही सुकुम्बासी भनिएकाहरूले चार-पाँच तल्ले घर बनाएर भाडामा लगाइएको बताए।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।