२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

सांसद सिके राउत र प्रधानमन्त्री देउवाबीच सहकार्यका विषयमा छलफल !

मंसिर १५, काठमाण्डाै : प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. राउतबीच भेटवार्ता भएको थियो । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२

मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै समानुपातिकतर्फ याे पार्टीले अहिलेसम्म तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ ।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।