
मंसिर १४, काठमाडौं : काठमाडौंको बनस्थली चोकबाट २ किलोमिटर पश्चिम उत्तरतर्फ खरिबोट हुँदै अघि बढ्दा नागरिक बजार पुगिन्छ ।
बजारका चोक छेउमा भिरालो पाखामा दक्षिणबाट उत्तरतर्फ तेर्सिएको पहेलो रङ्गको कम्पाउण्डसहितको एउटा ठूलो भवन देखिन्छ ।
६७ वटा फ्ल्याट रहेको यो बिल्डिङमा पछिल्लो एक वर्षदेखि सडक मानवलाई सेल्टर दिने मानवसेवा आश्रम नामक सेवामुलक गैरसरकारी संस्थाको सेल्टर बसेको छ ।
यो भवनबाट पश्चितर्फ लाग्दा थप तीन वटा यस्तै ठूला भवन भेटिन्छन् । पश्चिमबाट पूर्वतर्फ लहरै उत्तरतर्फ मोहडा फर्काएर बनाएको यी भवनमा थप १६० वटा फ्ल्याट छन् ।
यहाँ रहेका तीनवटा मध्ये एउटा भवनका केही फ्ल्याटमा नागार्जुन नगरपालिकाको एक नम्बर वडा कार्यालय र प्रहरी बुथ र नगरकै शहरी स्वास्थ्य कार्यालय बसेको छ भने अर्को भवनमा विभिन्न समस्यामा परेका महिलाहरुलाई आश्रय दिने सेल्टर स्थापनाका लागि अर्को एक गैरसरकारी संस्थाले प्रयोग गर्न भर्खरै काम थालेको छ ।
नागार्जुन नगरपालिका वडा एकका अध्यक्ष रामेश्वर लामाका अनुसार नागार्जुन नगरपालिका एकमा यी पाँच वटा भवन मध्ये अब एउटा भवन मात्रै खाली छ अन्य संरचना कुनै न कुनै रुपमा प्रयोगमा आएको छ । अन्लाईन खबर