२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

वैदेशिक रोजगारीका लागि पोर्चुगल र अमेरिका पठाइदने भन्दै लाखौँ रुपैयाँ ठ’गी गर्ने दुई जना प’क्राउ !!

मंसिर १३, काठमाण्डौ : वैदेशिक रोजगारीमा पोर्चुगल र अमेरिका पठाइदने भन्दै लाखौँ रुपैयाँ ठ-गी गर्ने दुई जनालाई प्रहरीले पक्रा-उ गरेको छ ।

आकर्षक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट २१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी सर्लाहीकी ३० वर्षीया धनकुमारी ओलीलाई प्रहरीले पक्रा-उ गरेको छ ।

उनलाई ललितपुर सातदोबाटोबाट हिजो प-क्राउ गरेको हो । उनले होटलमा महिनाको एकदेखि डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै ठ-गी गरेको प्रहरीले जनाएको छ ।

यस्तै रोजगारीकै लागि अमेरिका पठाउने भन्दै १४ लाख ७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका रामेछाप घर भइ ललितपुर बस्दै आएका ३४ वर्षीय योगेशराज श्रेष्ठलाई पनि प्रहरीले पक्रा-उ गरेको छ ।

उनले अमेरिका जान २५ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै लाखाैँ रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

यी दुवै जनाको विरु-द्ध वैदेशिक रोजगार विभागमा ठगीको उजुरी परेपछि विभागले प-क्राउ गर्नको लागि काठमाण्डौ उपत्यका अप-राध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीको लागि पोर्चुगल लगायत युरोपेली देश र अमेरिकामा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढेको छ । यसरी कसैको प्रलोभन र विश्वासमा परेर पैसा नदिन विभागले पटक पटक आग्रह गर्दै आएको छ ।

२०७९ मंसिर १३, मंगलवार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।