२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

सगर ढकाल भन्नुहुन्छ – देउवाबाहेक कांग्रेसको अरु आएको भए सजिलै जित्थें, ५ वर्षपछि फेरि डडेल्धुराबाटै लड्छु ।

मंसिर ८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनले लगातार ६ पटक जितेको क्षेत्र डडेल्धुराबाट चुनाबमा लडेर उल्लेख्य मत ल्याउँदै हेडलाइन बनेका स्वतन्त्र उम्मेदवार

सागर ढकालले ५ वर्षपछि फेरि डडेल्धुराबाटै चुनाब लड्ने घोषणा गरेका छन् । उनले अहिलेको निर्वाचनमा पनि आफूसँग लड्न कांग्रेसबाट प्रधानमन्त्री देउवाबाहेक अरु जोसुकै आएको

भए पनि आफूले सजिलै जित्ने दावी गरेका छन् ।
‘गाउँगाउँमा हेलिकोप्टरबाट आएर खसी नकाटेको भए, अनि सागर गुल्मी गयो भनेर अफवाह नफैलाएको भए मैले

जित्थें’ अनलाइनखबरलाई दिएको अन्तरवार्तामा सागरले भने ।
उनले डडेल्धुरामा धाँधली र सत्ताको दुरुपयोग दुवै भएको आरोप पनि लगाए ।

उनले आफूले परिणाम स्वीकार गरेको र देउवालाई बधाइ पनि दिएको बताए । उनले अर्को पटक ५ वर्षपछि पनि डडेल्धुराबाटै चुनाब लड्ने घोषणा गर्दै त्यतिबेला पनि हारे राजनीस्ति नै त्यागिदिने घोषणा गरे ।

२०७९ मंसिर ८, बिहीबार प्रकाशित 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।