२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

बधाई ! चितवन बाट ३४ हजार मतान्तर सहित रबि लामिछाने बिजयी !

मंसिर ७, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन्।
बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली

कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ र श्रेष्ठले १५ हजार ९९ मत पाए।

एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मै सीमित भए । पोखरेल सोही क्षेत्रका निवर्तमान सांसद हुन्। चितवन २ मा ८४ हजार ३१५ मत खसेको थियो।

सुरुवाती दिनमा तेस्रो स्थानमा रहेका लामिछाने पछि तीव्र मतान्तर हासिल गर्दै विजयी भएका हुन्। चार महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका लामिछानेले ठूलो सफलता हासिल गरेका छन्।

उनको पार्टीले प्रत्यक्षमै नौ सिट जित्ने देखिएको छ। समानुपातिकमा पनि तेस्रो स्थानमा रहेकाले स्वतन्त्र चौथो ठूलो दल बन्ने संकेत देखिएको छ।

२०७९ मंसिर ८, बिहीबार प्रकाशित 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।