२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

रवि लामिछाने १७ सय ६५ मतले अगाडि !

मंसिर ६, चितवन : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेकाे छ । अहिलेसम्म १६ हजार २ सय २० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले

६ हजार ४ सय १ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पाेखरेलले ४ हजार ६ सय ३६ मतसहित पछ्याइ रहनुभएकाे छ ।

लामिछाने र पाेखरेलबीच मतकाे अन्तर १७ सय ६५ रहेकाे छ । यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभएकाे छ ।

यता, प्युठान – प्युठानकाे प्रतिनिधि सभाकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।  पछिल्लाे  मत परिणामअनुसार एमालेका उम्मेदवार सूर्य थापाले १० हजार ३१ मत ल्याएर अग्रता लिइ रहनुभकाे छ ।

थापालाई सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी उम्मेदवार दुर्गा पाैडेलले ७ हजार १ सय ८२ मतसहित पछ्याइ रहनुभएकाे छ ।

थापा र पाैडेलबीचकाे मतकाे अन्तर २ हजार ८ सय ४९ रहेकाे छ । नौबहिनि गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेले अग्रता कायमै राखेकाे हाे ।

२०७९ मंसिर ६, मंगलवार प्रकाशित 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।