२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

रबि लामिछानेलाई सुरुवाती अग्रता !

मंसिर ६, काठमाडौं : चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले अग्रता लिएका छन्।
कालिका–१ को मतगणना सुरु भएपछि उनले एमाले

उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै अग्रता लिएका हुन्।
पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन्। कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।

यता, ललितपुर – प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

उहाँ एमाले उम्मेदवार अमृत खड्काभन्दा १२ सय ९५ मतले अगाडि हुनुहुन्छ । १४ हजार ८ सय ७४ मतगणना हुँदा रास्वतकी कार्कीले ५ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

एमाले उम्मेदवार अमृत खड्काले ४ हजार ६ सय ८८ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ६ सय ६१ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म ५ सय १२ मत बदर भएको छ ।

२०७९ मंसिर ६, मंगलवार प्रकाशित 0 Minutes 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।