२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

गगन थापाको ‘ह्याट्रिक’ भारी मतान्तरले बिजयी !

मंसिर ६, काठमाण्डाै : प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ ।

उहाँको यो ह्याट्रिक जित हो । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले

१३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले हराउनुभयो । संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको

तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन–२०७० मा काठमाण्डौ–४ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । त्यस्तै, प्रतिनिधि सभा सदस्यमा–२०७४ मा पनि त्यहाँबाटै निर्वाचित हुनुभएको थियो ।

२०७९ मंसिर ६, मंगलवार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।