
काठमाण्डाै : काठमाण्डौ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता छ । पछिल्लो मत परिणाम अनुसार यो पार्टीकी सोबिता गौतमले २ हजार ८ सय मत पाउनु भएको छ ।
माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा हुनुुहुन्छ ।
उहाँले १ हजार ९ सय ६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी कान्तीदेवी पोखरेलले १ हजार ९ सय मत ल्याउनु भएको छ । यस्तै, एमालेका मणिराम फुयालले १ हजार ८ सय २ मत पाउनु भएको छ ।
यता, काठमाण्डौको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार गगन थापा साढे ५ हजारभन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।
थापाले १७ हजार ५ सय १६ मत ल्याउँदा एमालेका राजन भट्टराईले ११ हजार ९ सय ९८ मत पाउनु भएको छ । यस्तै, राप्रपाका ठाकुर मोहन श्रेष्ठले १ हजार ७ सय ८४ मत पाउनु भएको छ ।