२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

पुरानो दलहरु लाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय !

मंसिर २, काठमाडौ : २०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो

पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पु-र्याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ।

यो दललाई यसपालि मत दिने मतदाताका कारण आउने दिनहरूमा नेपालको राजनीति अब उस्तै रहन सम्भव हुने छैन।
यो विश्लेषण पढ्दै गर्दा सेतोपाटीका पाठकहरूका मनमा सबभन्दा ठूलो खुलदुली पक्कै पनि रास्वपा यसपालि कति ठूलो दल बन्छ भन्ने हुन्छ।

यो दलले प्रत्यक्षमा कति सिट जित्ला र समानुपातिकमा कति प्रतिशत मत ल्याउला भन्ने कौतुहल सबैमा छ। यी प्रश्नसँगै राष्ट्रिय राजनीतिका लागि अरू पनि महत्वपूर्ण प्रश्नहरू छन्।

रास्वपाको उदयले कुन दललाई धेरै घाटा पुग्छ? गठबन्धनले बहुमत ल्याउँछ कि ल्याउँदैन? कस्तो होला एमालेको चुनाव परिणाम?

यसपालिको चुनावपछि अरू साना दलहरूको स्थिति कस
यी प्रश्नबारे विस्तृतमा विवेचना गर्नुअघि सेतोपाटीले गर्ने यो विश्लेषणका आधार के हुन् भन्नेबारे केही भन्नु जरूरी हुन्छ।
चुनावको मौन अवधि सुरू हुनुभन्दा अघिल्लो दिनसम्म सेतोपाटीका २० जना सहकर्मी पत्रकारहरूले मुलुकका

२७ निर्वाचन क्षेत्रमा पुगेर मतदाताहरूसँग कुरा गरेका छन्। हाम्रा साथीहरूले डडेलधुरा, डोटी, कञ्चनपुर- १, बाँके- २, दाङ- २, सुर्खेत, दैलेख, जाजरकोट, रूपन्देही- १, नवलपरासी पश्चिम- १, कास्की- १, स्याङ्जा- २, चितवन- १ र २, काठमाडौं- १, २, ५ र ६, मकवानपुर- १, सर्लाही- १, धनुषा- ३, सप्तरी- २, सुनसरी- ३, मोरङ-३ र ६ तथा झापा- ३ जिल्लाका २७ निर्वाचन क्षेत्रमा पुगेर पाँच हजारभन्दा बढी मतदातासँग प्रत्यक्ष भेटेर कुरा गरेका छन्।

त्यसमध्ये हामीले २१ निर्वाचन क्षेत्रको चुनावी विश्लेषण यसअघि नै लेखिसकेका छौं। हाम्रा सहकर्मीहरूले संकलन गरेका तथ्यांक र उनीहरूले मतदातासँग गरेको कुराकानीका आधारमा हामी यो स्टोरी लेख्दै छौं। यो स्टोरीमा हामीले बटुलेका तथ्यांक, मतदाताका भनाइ र अनुभूति अनि हाम्रो विश्लेषण हुनेछ।

सबभन्दा पहिले सुरू गरौं, राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा कति ठूलो दल बन्नेछ?

देशभर १६५ निर्वाचन क्षेत्र छन्। हाम्रा सहकर्मी २७ निर्वाचन क्षेत्रमा मात्र पुगेका छन्। हामीले सबै निर्वाचन क्षेत्र समेटेर कुनै मत सर्वेक्षण गरेका छैनौं। त्यसैले यो प्रश्नको उत्तर भन्न सजिलो छैन। तर २७ निर्वाचन क्षेत्रका मतदातासँग हामीले प्रत्यक्ष भेटेर गरेका कुराकानीले हामीलाई चुनावको परिणाम अनुमान गर्न र विश्लेषण गर्न केही सजिलो बनाएको छ।

रास्वपा कति ठूलो दल भन्छ भन्ने प्रश्नको उत्तर यो दलले समानुपातिकमा कति मत ल्याउँछ र प्रत्यक्षतर्फ कति सिट जित्छ भन्नेमा निर्भर गर्छ।

समानुपातिकबाट सुरू गरौं। रास्वपा पहिलो चुनावमै राष्ट्रिय पार्टी बन्छ भन्ने लगभग धेरैले अनुमान लगाइसकेका छन्। तर कति प्रतिशत मत ल्याउला भन्नेमा फरकफरक अड्कल छन्। धेरै मानिस ५ देखि २० प्रतिशतसम्म मत ल्याउला भन्ने अनुमान गर्छन्।

कति मत ल्याउँछ त यो दलले समानुपातिकमा?

हामीले २१ निर्वाचन क्षेत्रका ५ हजार १ सय ६१ मतदातासँग भेटेर कुरा गरेका छौं। कुराकानी गरेकामध्ये ४ हजार ३१ जनाले मात्र समानुपातिकमा कसलाई मत दिन्छु भन्ने खुलाएका छन्। अरूले निर्णय गर्न बाँकी भएको बताएका थिए। निर्णय गरिसकेकामध्ये ५२९ जनाले रास्वपालाई समानुपातिकमा मत दिने बताए। यो भनेको हामीले कुराकानी गरेका मतदाताको १४.७ प्रतिशत हो। के रास्वपाले साँच्चै मुलुकभर खसेको समानुपातिक मतको १४.७ प्रतिशत मत ल्याउँछ त?

हामीलाई त्यस्तो लाग्दैन।

सबै १६५ निर्वाचन क्षेत्रको मत गन्दा रास्वपाको समानुपातिकतर्फ यति धेरै मत आउँछ भन्ने हामीलाई लाग्दैन। रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं।

यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ।

अर्कातिर हिमाली भेग, उच्च पहाडी भेग र पूर्व-पश्चिम राजमार्गभन्दा केही दक्षिणमा रहेका निर्वाचन क्षेत्रमा घन्टीको प्रभाव र चर्चा नै धेरै छैन।

हामीले मतदातासँग कुरा गरेका धेरैजसो निर्वाचन क्षेत्र ठूला सहर र राजमार्ग वरिपरिका छन्। हामीले काठमाडौंका चार र चितवनका दुई निर्वाचन क्षेत्रका मतदातासँग कुरा गरेका छौं। त्यसबाहेक बाँके, दाङ, रूपन्देही, नवलपरासी, मकवानपुर, सर्लाही, धनुषा, सप्तरी, सुनसरी, मोरङ र झापाका निर्वाचन क्षेत्र छन्।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।