२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

रवि लामिछानेलाई स्पष्टिकरण सोध्दै निर्वाचन आयोग !

मंसिर १, काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

लामिछानेबि-रुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उजुरी परेपछि उक्त उ-जुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

लामिछानेको जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजु-री माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।

रविबि-रुद्धको उ-जुरीमा प्रमाण पाइएको खण्डमा उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ । आयोगका अनुसार लामिछानेको उम्मे-दवारी खारे-जीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उ-जुरी परेको छ ।

एक उ-जुरीम लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ भने अर्को उ-जुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।

२०७९ मंसिर १, बिहीबार प्रकाशित 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।