२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

अब नेपालमै फिफा विश्वकप फुटबल हेर्न पाइने !

कात्तिक ३०,काठमाडौं : कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ। विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको

निर्णयवि-रुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ। उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वोच्च अदालत

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त
पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ।

मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयवि-रुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वोच्च अदालतमा रि-ट दायर गरेका थिए।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।