२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

ताप्लेजुङमा फाेहरकाे थुप्राेभित्र ८९ थान सुनका गहना फेला !

कात्तिक ४, ताप्लेजुङ : ताप्लेजुङमा फोहरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रह-रीले फेला पारेको छ ।

जङ्गलमा फालिएको फोहरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा आज शुक्रवार प्रहरीले ती सुन फेला पारेको हो । गएको असोज १७ गते ताप्लेजुङको फुङलिङको कञ्चन मनी ट्रान्सफरमा भएको लु-टपाटपछि हराइरहेको

सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ को जङ्गलमा फोहर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कैलाश राईले बताउनुभयो ।

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसअघि चार जना लुटेरालाई प्रहरीले पक्राउ गर्दा उनीहरूकाे साथबाट १४३

तोला सुनका गरहगना र नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँ प्रहरीले ब-रामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लु-टपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।