२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मलेसिया रोजगार – मलेसिया रोजगारीका लागि चर्को लागत लिएको बारे मन्त्रालय र बिभाग किन मौन ?

असोज २६, काठमाडौँ : निशुल्क भिसाको नाममा चर्को अशुली भईरहदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन बसेका छन् ।

बिभिन्न म्यानपावर कम्पनीहरुले मलेसियामा रहेका एजेन्टहरुसँग चर्को मूल्यमा डिमाण्ड किनेर ल्याई त्यसै अनुरुप मनपरी अशुली गरिरहेको पाइएको छ । यस सम्बन्धमा बिभाग र मन्त्रालय जानाकार नभएका भने होइनन् ।

श्रम मन्त्रालयले चर्को लागतबारे सूचना दिए बिभाग मार्फत अनुगमन हुने बताईरहँदा बिभागमा भने अनुगमन गर्ने शाखा समेत निस्क्रिय बनाइएको पाइएको छ । श्रम मन्त्रालय स्रोतले मङ्सिर ४ मा हुने निर्वाचन अघिसम्म कुनै अनुगमन नगर्न भनेकोले अनुगमनमा बिभागको निष्क्रियता रहेको बिभाग स्रोतले जानकारी दिएको छ ।

सरकारी निकायनै मौन बसेपछि मलेसिया रोजगारको लागि पर्ख र हेरको अवस्थामा रहेका केहि व्यवसायी डिमाण्ड किन्न मलेसिया जाने आउने क्रम बढिरहेको जानकारी प्राप्त भएको छ ।

मलेसिया रोजगार लामो समय बन्द भएर निशुल्क लागतमा पठाउने सम्झौता सहित खुला गरिएको थियो । २०७२ मा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले मलेसिया र खाडी सहित ७ राष्ट्रमा कामदार पठाउँदा १० हजार भन्दा बढी लिन नपाउने गरि निर्णय लिएका थिए ।

गुरुङले उक्त निर्णय लिनु अघि मलेसिया रोजगारमा जान ८० हजार लागत तोकिएको थियो । तात्कालिन समयमा मलेसिया जानेहरुले बढीमा डेढ लाख तिरेर मलेसिया जान पाउँथे तर अहिले मलेसिया रोजगारमा पठाउने अधिकांश म्यानपावरहरुले दुई लाख देखि ३ लाखसम्म अशुली गरिरहेका छन् ।

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।