
आसोज २४, काठमाण्डाै : जिल्ला अदालत काठमाण्डाैले ब-ला-त्कार आ-रोपमा प-क्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हि-रासतमा राखेर अनु-सन्धान गर्न अनुमति दिएको छ ।
अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हाे । गएकाे भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि ब’ला-त्कार गरेको आरो-प लागेका सन्दीपलाई गएकाे बिहीवार प्रहरीले पक्रा-उ गरी सोमवार अ-दालतमा उपस्थित गराएको थियो ।
दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनु-सन्धान गर्न अनुमति दिइएको हो ।
सोमवार जिल्ला अदालत काठमाण्डाैले असोज २० गतेदेखि लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनु-सन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनु भयो ।
उहाँले भन्नुभयो, सन्दीप लामिछानेले इजलासमा आफू निर्दोष रहेको कुरा श्रीमान समक्ष सम्पूर्ण डिटेलहरु प्रस्तुत गर्नुभयो । म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो । यो २० गतेदेखि लागू हुने गरेर दिएको समय हो ।
२७ गते अदालतमा फेरि हाजिर हुने सर्तमा ७ दिनको लागि म्याद थपिएको छ । १७ वर्षकी किशोरीले ब-ला’त्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैँको भोलिपल्ट नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।
काठमाण्डाैको गौशालामा रहेकाे एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई ब’ला-त्कार गरेको आरो-पमा किशोरीले भदौ २१ गएकाेे प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारे-बियन लिग क्रिकेट खेल्न गएका थिए ।