
असोज २१, काठमाडौं : प्रहरीले प-क्राउ पुर्जी जारी गरेको करिब दुई महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल फर्किएका छन् । आज बिहान ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुँदै उनले आफूलाई कानूनको जिम्मा लगाए ।
आत्म-समर्पण गर्ने पूर्व घोषणा गरेर नेपाल आएका सन्दीपलाई नियन्त्रणमा लिन प्रहरीले भने विमानस्थलमा निकै तु-जुक देखायो । झमझम पानी परेको दिन बिहानैबाट विमानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको थियो ।
सन्दीपलाई प्रहरीमा आत्मसमर्पणको मौका नदिई विमानस्थलबाट हतकडी लगाएर गौशाला वृत्त लगियो । कुख्यात अपराधीलाई पक्रिएको रवैयामा प्रहरी प्रस्तुत भएको भन्दै सामाजिक सञ्जालमा धेरैले आलोचना गरिरहेका छन् ।
सन्दीप पक्राउ परेपछि अब उनीविरु-द्धको मु-द्दा अगाडि बढ्ने छ । अहिलेसम्म प्रहरीले पी-डित को जाहेरी र केही सतही अनु-सन्धान मात्रै गरेको थियो । अब सन्दीपको बयान लिएर प्रहरीले अनु-सन्धान अगाडि बढाउनेछ । सन्दीपको तर्फबाट भने अधिवक्ता सरोज घिमिरेले बहस गर्नेछन् । प्रहरीमा जाहेरी परेदेखि नै उनी सन्दीपसँग टच मा थिए ।
नेपाल फर्किनुअघि सन्दीपले प्रहरीलाई पत्राचार गर्दै दुई वटा आग्रह गरेका थिए । उनको पहिलो आग्रह थियो– म आफ्नो कानून व्यवसायीको रोहबरमा प्रहरीमा आ-त्मसमर्पण गर्छु । दोस्रो आग्रह थियो– आत्मसमर्पण गरेपछि मलाई हतकडी नलगाइयोस् । तर, प्रहरीले सन्दीपको दुवै आग्रह नकारेको छ । उनलाई प्रहरीले विमानस्थलबाटै हत-कडी लगाएर लग्यो भने कानून व्यवसायीलाई तत्काल भेट्न दिइएन ।
यद्यपि, सन्दीपका वकिल घिमिरेले दिउँसो गौशाला वृत्तमा सन्दीपलाई भेटेर केही बेर कुराकानी गरे । आजको भेटमा सन्दीपको स्वास्थ्य लगायतका विषयमा सामान्य कुरा भएको घिमिरेले बताए । उनको भनाइअनुसार सन्दीप आत्मविश्वासी देखिएका थिए ।
घिमिरेसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ ।
प्रहरीले सन्दीपलाई जुन शैलीमा हत-कडीसमेत लगाएर पक्राउ ग-र्यो, त्यसमाथि सामाजिक सञ्जालमा निकै टीकाटिप्पणीहरू भइरहेका छन् । यसमा तपाईँहरूको भनाइ के छ ?
हामीले यसमा खास कमेन्ट त गरेको छैन । सन्दीपले नेपाल प्रहरीमा म आफैँ सरेन्डर गर्छु, हतकडी नलगाइयोस् भनेर अनुरोध चाहिँ गर्नुभएको थियो । तर हत-कडी लगाइएको छ । उहाँहरूको आफ्नै प्रसि-डर होला । यो भन्नेबाहेक हामीले अरू केही पनि बोलेका छैनौँ ।
कानूनी हिसाबले कुरा गर्दा यस्तो घटनाका आरो-पीलाई हत-कडी लगाउनै पर्ने बाध्य-ता प्रहरीलाई हुन्छ ?
नेपाल प्रहरीको आफ्नो प्रोसेस होला । तर, हाइ सेक्युरिटीको स्थितिमा आफूलाई समर्पण गर्न आएको व्यक्तिलाई हतकडी लगाइरहनु आवश्यक थियो जस्ता लाग्दैन । फेरि सन्दीप भनेको एउटा व्यक्ति मात्र नभएर राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान पनि हो । उनले स्वैच्छिक रूपमा गिर-फ्तारी दिन तयार भइसकेपछि हत-कडी नलगाउँदा पनि फरक केही पर्नेपाला थिएन होला । उनी त आफै प्रहरी अनु-सन्धानलाई सघाउन भनेर आएका हुन् नि ।
प्रहरीलाई हतकडी लगाउन अनुरोध गरेको भन्नुभयो । त्यो कुन माध्यमबाट गरिएको थियो ?
उनले गौशाला प्रहरी वृत्तमा नै इमेलमार्फत म यो टाइममा आउँदै छु भनेर पूर्व जानकारी गराएका थिए । अनि म आउँदाखेरि मेरो सबमिसनमा मेरो कानून व्यवसायीको उपस्थिति होस भन्ने र हतकडी नलगाइयोस् भन्ने दुई वटा आग्रह गरेको थिए ।
विमानस्थलमा त तपाईँलाई सन्दीपसँग भेट्न दिइएन । हिरासतमा चाहिँ आज भेट्न पाउनुभयो कि पाउनुभएन ?
मैले एक छिन भेटेँ । संक्षिप्त कुराकानी भयो ।
के कुरा भयो ? उनको मनस्थिति कस्तो पाउनुभयो ?
उनी आफ्नो निर्दो-षिताप्रति एकदमै स्पष्ट र विश्वस्त पाएँ । सामाजिक सञ्जालबाट पनि निरन्तर एउटै कुरा भनिरहेका थिए कि म निर्दोष छु । आफू एउटा ठूलो षडयन्त्रको सिकार भएको छु भन्ने उनलाई परेको छ । तर, आफूले न्याय पाउनेमा उनी ढुक्क देखिएका छन् । मैले भेट्दा उनको अनुहारमा भावुकता सँगसँगै प्रचुर आत्म-विश्वास थियो ।
सन्दीपले जाहेरीकर्तालाई होटेलमा लगेको फुटेज भेटिएको कुरा आएको छ । यस विषयमा उनले केही भनेका छन् ?
आज मसित एकदमै सीमित समय थियो । अब भोलि वा पर्सी डिटेलमा ऊसँग म कुरा गर्छु । आजको भेटमा चाहिँ त्यति लेभलको कुराकानी भएन । उसको हेल्थ र अरू केही कुराहरू मात्र सोधेँ ।
आफ्नो निर्दो-षिता साबित गर्न सन्दीपसँग प-र्याप्त प्रमाण छन् भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ ?
भर्खर उ आएको छ । अब पहिले त जाहेरी हेर्नुप-र्यो । अरू प्रोसेस बाँकी छ । त्यो हेरिसकेपछि हाम्रो आफ्नो अनु-सन्धानको पाटो हुन्छ । उ नहुँदा त्यो सबै कुरा गर्ने अवस्था थिएन । अब ऊसँग निरन्तर कुराकानी र सल्लाह गरेर अगाडि बढ्ने हो । अझै एक–दुई दिन दसैँकै माहौल छ । दसैँपछि दुई–चार दिनमा हामी आफ्नो अध्ययन सिद्ध्याएर कुनै निचोडमा आउँछौँ होला । तर यो स्टेजसम्म आउँदा उ आफूमाथि लागेको आरोप मिथ्या हो भन्नेमा एकदमै आत्मविश्वासी देखिएको छ ।
प्रहरीबाट पक्रा-उ पुर्जी जारी भइसकेपछि तत्काल नेपाल नआएर यतिका दिन आलटाल गर्नुको कारण चाहिँ के हो ?
उसलाई कस्तो भयो भने उ एउटा खेलाडी मात्रै थियो नि त । बल र स्टम्पबाहेक केही थिएन उसको दिमागमा । उमेरले पनि धेरै परिपक्व होइन ।
देशबाहिर भएको बेलामा एक्कासि यो न्युजहरू आयो । फेरि हाम्रोमा मिडिया ट्रायल पनि अति नै छ । मिडियाबाट एकदमै बदनाम गर्ने गरी न्युजहरू आइरहे । अनि प्रहरीले पनि अनुसन्धान परिपक्व नहुँदै सबै कुराहरू बाहिर ल्याइदिँदा उसलाई मान-सिक असर पर्न गयो । प्रहरीले गोप्य राखेर अनु-सन्धान गर्नुपर्ने थियो । सबै थाहा भएपछि उ नेपाल नै नआएर बाहिरै लुकेको भए समस्या क्रियट हुन सक्थ्यो नि त ।
अनि क्रिकेट संघले पनि उसलाई कुनै सुनवाइको मौका नदिईकन कप्तानीबाट बर्खा-स्त ग-र्यो । यसै गरी, अध्यागमनबाट कालो-सूचीमा राख्ने, इन्टर-पोलबाट प-क्राउका लागि रेड नोटिस जारी गर्ने जस्ता क्रियाकलापहरू भए । यसरी सन्दीपमाथि आ-रोपी भन्दा पनि अप-राधीकैजस्तो व्यवहार र राज्य र मिडियाबाट भइरहेको छ । यसले गर्दा उसलाई होल सिस्टम नै मेरो वि-रुद्धमा गयो भन्ने खालको पर्न गयो । अनि मनोवैज्ञानिक र मानसिक समस्याप्रद भयो ।
हाम्रो सम्पर्कमा आइसकेपछि निरन्तर मनोवैज्ञानिक परामर्श पनि गर्यौं । यसले बिस्तारै आत्म-विश्वास बढेर फाइट गर्नका लागि मानसिक रुपमा बलियो भइसकेपछि नेपाल फर्किएको हो । तर, उसले बाहिरै लुकेर बस्ने मनस्थिति बनाएको थिएन । बारम्बार भनिरहेकै थियो कि म नेपाल फर्केर कानूनी लडाइँ लड्नेछु भनेर ।
भर्खरै पल शाहको के-समा अदालतले अढाई वर्षको जे-ल सजा-य सुनायो । त्यो फैसलालाई तपाईँले कसरी हेर्नुभएको छ सन्दीपको घ-टनासँग कत्तिको मिल्दोजुल्दो पाउनुहुन्छ ?
मल शाहको केसमा म जोडिएको छैन । मैले त्यो केसलाई राम्ररी फलो पनि गरेको छैन । त्यसैले केही भन्न असमर्थ छु ।
जे भए पनि यस्ता केसहरूमा जोगिन धेरै गाह्रो छ भनिन्छ । तपाईँ कत्तिको विश्वस्त हुनुहुन्छ, सन्दीपलाई मुद्दा जिताउन सक्छु भन्नेमा ?
मैले अहिल्यै त यसमा केही भन्न सक्ने अवस्था हुँदैन । तर सन्दीपको जुन लेभलको कन्फिडेन्स छ, त्यो हेर्दा र अरू परिवेश पनि बुझ्दाखेरि उ कुनै षडयन्त्रको सिकार भएको हो कि भनेर शंकाको सुविधा दिन सकिन्छ । नेपाल प्रेसमा समाचार छ ।