२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

वकिल सरोज कृष्ण भन्छन् – सन्दीप वि’रुद्ध राज्य नै लाग्यो ।

असोज २१, काठमाडौ : नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै नियन्त्र-णमा लिएको छ ।बिहीबार कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलमा ओर्लिएका सन्दीपलाई नि-यन्त्रणका लिन ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।सन्दीपले नै सामाजिक सञ्जालमार्फत आज बिहान नेपाल आइपुग्ने र आत्म-समर्पण गरेर कानुनी ल-डाइँ लड्ने बताएका थिए ।

तर, प्रहरीले सन्दीपले कुरा सुनेनन् । सन्दीपका वकिलले पनि प्रहरीले सन्दीपको मागलाई अस्वीकार गरेको बताएका छन् । बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप

लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् । नाबा-लिगमाथि ब-ला-त्कारको आ-रोप लागेका सन्दीपलाई पक्रा-उ गर्न प्ररहीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।

त्यसपछि उनी बहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका हुन् । उननले वकिल घिमिरेको उपस्थितिमा आत्म-समर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।
अधिवक्ता घिमिरे बिहीबार बिहान प्रहरी वृत्त, गौशाला पुगेका थिए ।

तर, उनी त्यहाँ पुग्दा प्रहरी विमानस्थलमा पुगिसकेको बताए । उनले भने, गौशालामा आएपछि भेटौं भनेर बसें । उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगिएको थियो । त्यहाँबाट सन्दीपलाई गौशाला लगिएको छ ।

अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू नि-र्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् । तर, जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको, सञ्चार माध्यममा एकपक्षीय कुरा मात्र आएको घिमिरेको भनाइ छ ।

उनले भने, प्रहरीले एकपक्षीय रुपमा मात्र लिएको छ । त्यसैले सन्दीपले सिंगो राज्य आफ्नोवि-रुद्ध लागेको महसुस गरेका छन् ।’ उनले राज्य नै आफूवि-रुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए । यसअघि सन्दीपले पनि आफू मानसिक तना-वमा रहेको बताएका थिए ।

२०७९ आश्विन २०, बिहीबार प्रकाशित 1 Minute 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।