२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

क्रिकेटर सन्दीपका वकिल भन्छन् – प्रहरीले गोपनीयता कायम गरेन !

असोज २०, काठमाडौं : आफ्नो वकिलको उपस्थितिमा आत्म-समर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ ।

लामिछानेवि-रुद्ध बला-त्कारको आ-रोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन् ।

उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्म-समर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए । अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए । तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ ।

गौशालामा आएपछि भेटौं भनेर बसें, उनले भने, उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।
विमानस्थलबाट नि*यन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई

मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो । त्यहाँबाट अहिले उनलाई गौशाला लगिएको छ । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनु-सन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् ।

तर जाहेरी पर्दा प्रहरीले गोप-नीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोवि-रुद्ध लागेको महसुस गरेको उनले सुनाए । त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेले सुनाए ।

२०७९ आश्विन २०, बिहीबार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।