२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

ताप्लेजुङमा “आइएमई” चो’री गर्ने एक जना प’क्राउ !

असोज १७, ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना चोरी गर्ने समूहका एकजनालाई प्रहरीले प’क्राउ गरेको छ।

नगद ६ लाख र झोलामा रहेको गरगहनासहित प’क्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए। बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा

निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्रा’उ गरेको हो। फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन। अरुको खोजी भइरहेको राईले बताए।

घ’टना भएको करिब ४ घण्टा पछि नै संलग्न मध्ये एकजनालाई प’क्राउ गर्न प्रहरी सफल भएका हुन्। खोजी कार्यमा डीएसपी राई सहित ससस्त्र प्रहरी ताप्लेजुङका डीएसपी विनोद थापा नेतृत्वको टोली खटिएको थियो।

चो-रीमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको डिएसपी राईले बताए। तीन जनामध्ये एक जनासँग ह-ति-यार रहेको सिसी टिभी फुटेजमा पाइएको छ।

नगद र गहना चार जनाले नै बाँडेर बोकेको पाइएको छ। सुन र नगद कति लु-टपा-ट गरे भन्ने यकिन हुन बाँकी छ। आइएमई सञ्चालक अम्बर कुमार श्रेष्ठ र मैया श्रेष्ठले कर्मचारीलाई जिम्मा लगाएर विदेश भ्रमणमा छन्।

दशैमा छुट्टि भए पनि कर्मचारीले आइएमईभित्र काम गरिरहेको र चार जना प्रवेश गरेर उनलाई नियन्त्र-णमा लिएर लु-टपा–ट गरेको सीसीटीभी फुटेजमा देखिएको छ।

आइएमईका कर्मचारीलाई अप-रिचित व्यक्तिले फोन गरेर जा-कट राखेको गहना लिन आउँछु भनेर भनेको कर्मचारीले प्रहरीलाई बताएकी छन्। चारमध्येका एक जनाले बाहिर रुंगेको, दुई जनाले कर्मचारीलाई नियन्त्र-णमा लिएको र एक जनाले सीसीटीभी बन्द गराएकोसम्म फुटेजमा देखिएको छ।

२०७९ आश्विन १७, सोमबार प्रकाशित 1 Minute 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।