२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

सहरी बिकासमन्त्री भन्नुहुन्छ – धोबीखोला करिडोर सडकको अवैध संरचना तुरुन्तै हटाउनुहोस ।

असोज १०, काठमाडौं : सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन्।

शनिबार धोबीखोला करिडोरको अनुगमन गर्दै मन्त्री चौधरीले मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन्।नुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई

कठिनाई हुने गरी पार्किङ नगर्न पनि आग्रह गरेका छन्। उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका विधुत् प्राधिकरणको भूमिगत तारको बक्सहरूका कारण आवातजावतमा कठिनाई भएको भन्ददै यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समयअघि सडकमा रहेका निर्माण सामग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतिको काम भइरहेको जानकारी दिए। उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थित गर्ने कामलाई जारी राख्ने बताए।

२०७९ आश्विन १०, सोमबार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।