२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अमेरिकाको डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ९ जना पक्रा’उ !

असोज ७, काठमाडौं : प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्रा-उ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्क-ली शैक्षिक

प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अप-राध अनु-सन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय

समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई ब-सुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।

यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् ।

उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै प-क्राउ गरिएको हो । उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए । डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्क-ली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनु-सन्धानबाट खुलेको छ ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।