२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

रोकिएनन बालेन, अदालतको आदेशपछि पनि टुकुचाका संरचना हटाउँदै महानगर !

असोज ४, काठमाडौँ : टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ ।

पाटन उच्च अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई जानकारी छैन ।

बाहिर आएको कुरा सही हो कि गलत हो भन्ने जानकारी पत्र नआइकन भन्न सकिँदैन । उनले अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताए ।

टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।

२०७९ आश्विन ४, मंगलवार प्रकाशित 0 Minutes 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।