२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

बालेनको रफ्तार झनै बढ्यो, टुकुचामाथिको अधिकांश संरचना महानगरले हटायो ।

असोज ३, काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको क्षेत्रमा बनेका अधिकांस संरचना हटाएको छ । जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मका धेरैजसो संरचना

हटाएको महानगरका मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ । बालेनको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टुकुचा खोला छोपिएको अन्तिम विन्दु
फेला पार्न काठमाडौं प्लाजास्थित ३५ फिट गहिरो खाल्डो खन्नुपरेको थियो ।

महानगरले टुकुचा खोलामाथि बनेको ९ वटा साना पक्की घरहरुको बीचबाट नै टुकुचा उत्खनन गरेको छ । यस्तै ७ वटा साना टहराहरु भत्काएको लम्सालले बताए । आज हामीले छोपिएको टुकुचाको अधिकांश स्थानमा उत्खनन गरेका छौं । अब बढीमा ७० देखि १ सय मिटर क्षेत्रको बाँकी होला ।

यसमा पनि हामीले अदालतले अन्तरकालीन आदेश दिएको ३ वटा घर छोएका छैनौं । छोपिएको भागको अन्तिम विन्दुमा उत्खनन गर्न केही गाह्रो भएकोले आज भ्याएनौं, भोलि हटाउँछौं’, लम्सालले भने ।

नाला निकाल्न ठेक्का लगाइने – काठमाडौं महानगरपालिकाले टुकुचा छोपेको इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी गरेको छ । महानगरपालिकाले आइतबारसम्म छोपिएका करिब ५०० मिटरमध्ये ४ सय मिटर खाली गरिसकेको छ ।

टुकुचा छोपिएको स्थानका संरचना हटाए पनि पानी बगाउन प्रयोग भएको नाला भने महानगरले ५ स्थानबाहेक अन्यन्त्र चलाएको छैन । मेयर बालेनको सचिवालयका अनुसार मजबुत इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी भएको हो ।

इँटालाई सुरक्षित तरिकाले निकाल्नको लागि ठेक्का लगाउने महानगरको योजना रहेको छ । अब भोलिसम्म ३ वटा ठूला भवनबाहेक अन्य सबै स्थानको संरचना हटाउँछौं तर ईँट्टाको ढ्वाङ हटाउन महानगरले ठेक्का लगाउन सक्छ’ उनले भने ।

टुकुचामाथि बनेका संरचना हटाउन महानगरले ५८१ वटा कित्ता खाली गर्नुपर्ने जनाएको छ । महानगरका अनुसार तीमध्ये कित्ता नम्बर ३०३८,३०३९ र कित्ता नम्बर ७ मा रहेको संरचनाबाहेक अन्य खाली गर्नेछ ।

यो ३ वटा कित्तामा बनेको संरचनाहरु पूर्णरुपमा हटाउनुपर्ने छ । टुकुचाको ठ्याक्कै माथि पर्ने रहेछ । अदालतले पनि आदेश दिएको भन्ने सुनेका छौं, तर आधिकारिक जानकारी छैन । तर तत्काल हामी भत्का-उदैनौं । यो विषयमा थप छलफल गरेर मात्रै अगाडि बढ्छौं, मेयर बालेनको सचिवालयले भन्यो ।

२०७९ आश्विन ३, सोमबार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।