२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बालेन पछि हर्क साम्पङ पनि एक्सनमा, सुरु भयो सडकपेटी खाली गराउने अभियान !

असोज २, धरान : धरान उपमहानगरपालिकामा सडक र फुटपाथ खाली गराउने अभियान सुरु भएको छ ।
यसै क्रममा धरान–२ को नरेन्द्रपथमा रहेको फुटपाथ

उपमहानगरले खाली गराएको छ । बिहान ६ बजे नगर प्रहरीले फुटपाथमा पसल थाप्न प्रयोग गरिएका सामग्री हटाएको हो । भानु चौकदेखि पश्चिम नरेन्द्रपथमा व्यवस्थित सब्जी

मण्डी सञ्चालित रहेपनि सडकमा पसल राख्दा आवागमनमा समस्या भएको गुनासोका आधारमा फुटपाथ खाली गराउने अभियान सुरु गरिएको उपमहानगरले जनाएको छ ।

सोही निर्णय अनुसार फुटपाथको पसल हटाउने बारे सूचना जारी गरी माइकिङ गर्दा समेत अटेरी गरेको पाइएकोले आज बिहान ६ बजे नै फुटपाथको पसल राख्ने स्थानहरू हटाएको र उठाएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

२०७९ आश्विन २, आईतवार प्रकाशित 0 Minutes 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।