२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मेयर बालेनले जब धनपतीलाई निकाले तब अघि बढ्यो काठमाडौ महानगर !

असोज १, काठमाडौ : स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाहले एक पछि अर्को

गजबको काम गरेर कमाल गरिरहेका छन् । बालेनको चर्चा दिनदिनै झनै बढ्दै गएको छ । बालेनले जुन रफ्तारमा काम गरिरहेका छन् उनको कामले अरु सबै खबरहरु फिक्का हुने अवस्था देखिएको छ ।

जुन दिन बालेन आफैँ डोजर लिएर कानुन विपरित बनेका अवैध संरचना भत्काउन हिडे त्यस पछि त उनको चर्चा यति धेरै बढ्यो की देशनै बालेनमय जस्तो देखिन थालेको छ ।
बालेनको क्रेज जनस्तरमा कसरी बढिरहेको छ भन्ने सार्वजनिक रुपमै देखिन थालेको छ ।

केहि दिन अघि भएको इन्द्रजात्रा जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी देखी सरकारका महत्पुर्ण मन्त्रीहरुको समेत सहभागीता रहेको थियो तर सहभागीले बालेन बालेन भन्दै हुटिङ गरिरहेका थिए । बालेनको अगाडी राष्ट्रपति र मन्त्रीहरु समेत फिक्का भएका थिए ।

राजनिती प्रति वितृष्णा बढिरहेका बेला समेत बालेनको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ । बालेनको पछि यती ठूलो समर्थनको उभार आउनुको कारण उनले गरेको कामनै हो । कानुन विपरित बनेका अवैध संरचना भत्काउने देखी

फुटपाथका व्यापार हटाउने सम्म आइपुग्दा बालेनको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ । अहिले बालेनले हराएको टुकुचा खोलानै पत्ता लगाएका छन् यसबाट त झनै उनको चर्चा चुलिएको छ ।

बालेन जुन रफ्तारका साथ काम गरिरहेका छन् त्यसमा महानगरीय प्रहरीले दरिलो साथ दिएको छ । सुरुका केहि दिन बालेन आफैँ फिल्डमा उत्रिए पनि अहिले डोजर अभियानको नेतृत्व महानगरीय प्रहरी प्रमुख राजु पाण्डले गरिरहेका छन् । राजु पाण्डेको नेतृत्वको महानगरीय प्रहरीले बालेनको काममा दरिलो साथ दिएको छ ।

नगर प्रहरीको दरिलो साथले बालेनको भिजन र एक्सनले मूर्त रुप लिइरहेको छ । बालेनले डोजर अभियान सुरु गर्नु भन्दा केही दिन अघि तत्कालिन महानगरीय प्रहरी प्रमुख धनपती सापकोटालाई किक आउट गरेका थिए । सापकोटाको नगर प्रहरी प्रमुखको जिम्मेवारी खोसिए पछि महानगरको कामको गती बढेको छ ।

विवादास्पद छवीका धनपती सापकोटालाई बालनेले किक आउट गरेर उनको ठाउमा राजु पाण्डेलाई जिम्मेवारी दिए पछी महानगरपालिकाको कामले रफ्तार लिएको देखिन्छ । लामो समय देखी काठमाडौँ महानगर पालिकाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका धनपतीको कार्यशैली देखी आर्थिक पारदर्शीता सम्मको प्रश्नहरु पनि धेरै उठिरहेका छन् ।

फुटपाथ व्यवसायीसँग हप्ता उठाउने देखी अन्य धेरै गैर कानुनी रुपमा पैसा उठाएर खाने गरेको आरोप नगर प्रहरी माथी लाग्ने गरेका थियो । धनपती नाम जस्तै महानगरको प्रहरी नेतृत्व गरेर धनपतीनै भएको चर्चा पनि धेरै चल्ने गर्दछ । कतिपयले उनको काठमाडौँमा ७ वटा घर भएको समेत भन्ने गरेका छन् ।

केहि दिन अघि मात्रै महानगरीय प्रहरीहरुलाई निर्देशन दिँदै मेयर बालेन शाहले पाप र धर्म सम्झीएर काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन् । विगतमा नगरप्रहरीहरुले के कस्ता सम्म काम गर्ने गरेका थिए भन्ने बुझेरनै बालेनले अब त्यस्तो काम नगर्न र पाप धर्मको ख्याल राख्न भनेका थिए ।

धनपति पछि महानगीय प्रहरी प्रमुख बनेका राजु पाण्डे आफ्नै फिल्डमा उत्रिएर बालेनको भिजन र एक्सनलाई सफल बनाउन लागेका छन् । अहिले बहु चर्चित टुकुचा खोला फेला पार्ने बेलामा प्रहरी प्रमुख पाण्डे आफैँ नजिकै बसेर डोजर चलाउन निर्देशन दिएका थिए ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।