२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मेयर बालेन अझै रफ्तारमा, नयाँ बानेश्वरमा चल्यो डोजर !

भदौ ३१, काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका टहरामा डोजर चलाएको छ।
शुक्रबार (३१ भदौ) मा महानगरपालिकाले नयाँ

बानेश्वर चोकमा रहेका फुटपाथ मिचेर बनाएका संरचनामा डोजर लगाएको प्रहरीले बताएको छ। बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको हो।

महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो। तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ।

डोजर चलाउँदा केहीबेर प्रहरी र स्थानीयबीच धरपडक समेत भएको थियो। यसअघि दिएको ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले टहरा भत्काउने कामलाई तिव्रता दिएको छ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।