
भदौ ३१, काठमाडौ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहाले महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतवि-रुद्ध १ गोल गरी जितेको खुसियालीमा बधाई दिएका छन्।
उनले आफ्नो फेसबुक पेजमार्फत् नेपाली टिमलाई जितको बधाई दिएका हुन्। शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्क-रणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ।
नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन्। प्रिती राईको पासमा पहिलो हाफको इन्जु-री समयमा रश्मीले निर्णायक गोल गरेकी हुन्।
नेपालले दोस्रो पटक भारतलाई पराजित गरेको हो। नेपालले यसअघि सन् २०१९ मा सम्पन्न हिरो गोल्डकपमा भारतलाई उसैका घरमा पराजित गरेको थियो। नेपालले दुवै पटक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा भारतलाई हराएको हो।
अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ। फाइनल खेल सोमबार हुनेछ। पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ।