२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

जापानका लागि उडेको निगमको जहाज धुवाँ देखिएपछि काठमाडौं फर्कियो !

भदौ ३१, काठमाडौँ : १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । कार्गो कम्पा-र्टमेन्टमा धुवाँ देखिएको कक-पिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए ।

निगमका एक अधिकारीले भने, त्यो समस्या देखिँदा जहाज नेपालकै आकासभित्र थियो । चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको का-भेरी इन होटलमा राखेको थियो ।

नारिता विमानस्थलमा उडानको प-र्खाइमा यात्रुहरू ।
प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाजमा नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयका एक कर्मचारीले बताए ।

जापानमा रहेका एक नेपालीका अनुसार, त्यहाँको स्थानीय समयअनुसार राति ८ बजे नारिताबाट फर्किने तालिका रहेको छ । त्यहाँ २ सय ४६ जना यात्रु रहेका छन् ।

त्यो वाइडबडी काठमाडौं फर्केर बुधबार राति दक्षिण सुडान जाने तालिका रहेको छ । काठमाडौं नारिता एकतर्फी करिब ७ घण्टा उडान समय लाग्छ । यस घ-टनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएको छ ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।