२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगारीका लागि यु.के पठाइदिन्छु भन्‍दै १३ लाख ठ’गी गर्ने प’क्राउ !

भदौ ३०, काठमाडौँ : यु.के पठाइदिन्छु भनी रकम ठ-गी गरेको आ-रोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई प-क्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-काडाँघारी बस्‍ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् ।

उनले पी-डित लमहु शेर्पालाई वर्किङ भिषामा बेलायत (यू.के) लगायतका देशहरुमा पठाइदिन्छु भन्‍दै १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्क-विहीन भएको प्रहरीको दाबी छ ।

कार्कीलाई काठमाडौं उपत्यका अपराध अनु-सन्धान कार्यालको टोलीले काठमाडौंको धुम्बाराहीबाट बिहीबार पक्रा-उ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनु-सन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

२०७९ भाद्र ३०, बिहीबार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।