२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मेयर बालेन भन्नुहुन्छ – गलत काम नगर्नुस्, पाप धुरीबाट कराउँछ भन्ने कुरा मनन गर्नुहोला ।

भदौ २७, काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न सुझाव दिनुभएकाे छ ।

आज साेमवार भएकाे एक कार्यक्रममा उहाँले यस्ताे सुझाव दिनुभएकाे हाे । मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे, गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएकाे छ । हामी धर्म र पापमा विश्वास गर्छाैँ ।

गलत गरेर कमाएकाे धन, पाप धुरीबाट कराउँछ भनेजस्तै याे कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् । यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताउनुभयाे । उहाँले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारकाे बनाउने बताउनुभयाे ।

२०७९ भाद्र २७, सोमबार प्रकाशित 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।