
भदौ २६, काठमाडौ : पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना
भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी विदेशिनेमा सबैभन्दा बढी दुबई पुगेका छन् । त्यहाँ दुई वर्षको अवधिमा १ लाख १९ हजार ११ जना पुगेको अध्यागमन कार्यालयले जनाएको छ ।
त्यस्तै भिजिट भिसामार्फत् मलेसिया, साउदी, कतार लगायतका देशमा जाने क्रम पनि बढी देखिएको कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए । गत साउनमा मात्रै २७ हजार ६२५ जना भिजिट भिसामार्फत् विदेशिएका छन् ।
जबकि २०७७ को फागुनमा ६ हजार ४२२ जना मात्र भिजिट भिसामार्फत् विदेशिएका थिए । कोरोना महामारी सहज भएसँगै भिजिट भिसामार्फत् विदेशिने क्रम बढेको देखिएको छ ।
गत आर्थिक वर्ष २०७८-०७९ को असार मसान्तसम्म १ लाख १३ हजार ६२७ जना भिजिट भिसामार्फत् विदेशिए । दुबईमा सन् २०२० देखि हालसम्म १ लाख भन्दा बढी नेपाली भिजिट भिसामार्फत् गएको देखिन्छ । पछिल्लो तीन महिनामा मात्रै २० हजार भन्दा बढी भिजिट भिसामार्फत् दुबई पुगेका छन्
भिजिट भिसामार्फत् जाने क्रम बढेसँगै समस्या पर्ने क्रम पनि बढ्दो छ । वैदेशिक रोजगार उद्दार नेपाल (रेस्क्यू नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले दुबईमा ५ हजार भन्दा बढी नेपाली उद्दारको पखाईमा रहेको बताए ।
को-रोना महामा’रीपछि यो क्रम निकै बढेको उनको भनाई छ । अहिले देशमा रोजगारीको अवसर कम छ । विदेशमा रहेका दलालहरू पनि सक्रिय देखिएका छन् । उताबाट भिजिट भिसामा बोलाउने र अल-पत्र पार्ने क्रम निकै बढी देखियो, अध्यक्ष गोलेले भने । भिजिट भिसामार्फत विदेशिए पनि कति जना नेपाल फर्किए भन्ने विवरण सरकारसँग छैन ।
विमानस्थलमा कडाइ
विदेशमा गएर समस्यामा परेपछि सरकारले गत माघमा भिजिट भिसामार्फत् विदेश जान रोक लगाएको थियो । निर्णय अव्यवहारिक भएको भन्दै चर्को आलो-चना भएपछि सरकारले तीन दिनमै निर्णय फिर्ता लिएको थियो ।
नक्क-ली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंकामा केही दिन अघि १९७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो ।
विभिन्न एयरलाइन्समार्फत् भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंका-स्पद लागेपछि सोधपुछ गरिएकोे थियो । त्यस क्रममा विस्तृत अनु-सन्धान आवश्यक देखिएपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिई मानव बेच-बिखन अनु-सन्धान ब्यूरोलाई बुझाएको थियो ।
उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजात शंका-स्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष थिए ।
भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अल-पत्र पर्न थालेपछि गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाएर जाँचबुझ गरिएको थियो । सोको सिफारिसअनुसार माप-दण्ड कडाइ गर्दै भिजिट भिसामा पठाउन
सक्रिय व्यक्ति तथा संस्थाको गतिविधि निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो । पछिल्लो २ वर्षको अवधिमा भिजिट भिसामार्फत विदेश जान लागेका ७ हजार ९५५ जनालाई विमानस्थलबाटै फर्काइएको छ । विमानस्थलमै कडाई गरेर शंका-स्पद व्यक्तिलाई फर्काउने गरेको अध्यागमन कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए ।