२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले पायो भैरहवा बाट सातै दिन उडानको अनुमति !

भदौ २२, भैरहवा : जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ। एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि भैरहवास्थित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो। नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको बताएको छ।

हाल जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्।

कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।
चाडपर्व नजिकिदैं गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।

रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्कन्छन्, त्यसकारण पनि त्यो समयलाई लक्षित गरेर दैनिक उडान थपिएको छ उनले भनिन्। जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 0 Minutes 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।