२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

सुरक्षागार्ड गुरुङलाई भेटेपछि रबि लामिछाने भने, मन्त्रीलाई नियम सिकाएकोमा धन्यवाद !

भदौ २०, काठमाडौं : पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थु-नामा परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् ।

गुरुङसँगको तस्वीर सामाजिक सञ्जालमा हालेर रविले भनेका छन्, प्रहरी हिरा-सतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।

भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्रीलाई अ-भद्र व्यव-हार गरेको आरो-पमा प’क्राउ परेका छन् ।

आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्य-वहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङ्गले भनेको भन्दै रविले लेखेका छन् ।

गुरुङको छोरो आवाज अली ठूलो भयो होला, तर मैले कुनै दुर्व्य-वहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै प-र्यो ।

रविले अघि भनेका छन्, यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थु-नामा राख्ने होइन ससम्मान रिहा गरियोस्। द-ण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनु-सन्धान गरियोस् ।

२०७९ भाद्र २०, सोमबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।