
भदौ १५,काठमाडौं : काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फन पार्क प्रालि
लाई कर तिर्न ताकेता गरेको छ ।
बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरन्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको हो ।
महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत् गरिएको पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फनपार्क शिल-बन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ ।
पत्राचारमा भनिएको छ, व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गई पत्र
प्राप्त भएको २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवानासमेत दाखिला गर्नुहुन अनुरोध छ । त्यस्तै, तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिल-बन्दी गरी ति’र्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ ।
महानगरका राजस्व विभाग प्रमुख अधिकारीका अनुसार फन पार्कले विगत ७ वर्षदेखि कर तिरेको छैन । उनले भनेका छन्, भोलि बेलुकासम्म बक्यौ-ता कर नतिरे बन्द गर्ने चेता-वनी दिएर आएका छौं ।
समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।